काठमाडौँ – स्कटल्याण्ड क्रिकेट टोलीको कप्तानमा रिची बेरिङ्टन नियुक्त भएका छन् । आईसीसी विश्वकप क्रिकेट लिग अन्तर्गत घरेलू भूमिमा नेपाल र नामिबियासँग हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको मुखैमा क्रिकेट स्कटल्याण्डले बेरिङ्टनलाई कप्तान घोषणा गरेको हो ।


ADVERTISEMENT


त्रिकोणात्मक सिरिजको पहिलो खेल १० जुलाईमा स्कटल्याण्ड र नामिबियाबीच हुँदैछ । जुन खेलबाट ३५ वर्षीय दायाँ हाते मध्यम गतिका अलराउन्डर बेरिङ्टनले स्कटल्याण्डको कप्तानमा डेब्यू गर्नेछन् । जसक्रममा उनलाई नयाँ उपकप्तान म्याथ्यू क्रसले साथ दिनेछन् ।


ADVERTISEMENT

# # #


दक्षिण अफ्रिकामा जन्मेका स्कटिश क्रिकेटर बेरिङ्टनले एक दशक भन्दा बढी समयदेखि स्कटल्याण्डको क्रिकेट टिमबाट खेल्दै आएका छन् । कप्तानबनेपछि उनले आफू अविश्वसनीय रूपमा सम्मानित र विशेषाधिकार महसुस गरिरहेको प्रतिक्रिया दिएका छन् । यस्तै क्रिकेट स्कटल्याण्डका मुख्य प्रशिक्षक शेन बर्गरले बेरिङ्टनले टिमलाई विशिष्टताका साथ नेतृत्व गर्ने विश्वास व्यक्त गरे ।

यसँगै त्रिकोणात्मक सिरिजका लागि बेरिङ्टनको कप्तानीमा स्कटल्याण्डको १४ सदस्यीय टोली समेत घोषणा भएको छ । जसमा पूर्वकप्तान कायल कोयट्जर समेत रहेका छन् ।

त्रिकोणात्मक सिरिजका लागि स्कटल्याण्डको टोली:
रिची बेरिङ्टन (कप्तान)
म्याथ्यू क्रस (विकेटकिपर, उपकप्तान)
काइल कोट्जर
क्यालुम म्याक्लियोड
जर्ज मुन्से
डिलन बज
मार्क वाट
सफायान सरिफ
माइकल लीस्क
गेभिन मेन
एड्रियन नील
हमजा ताहिर
क्रिस सोल
क्रिस म्याकब्राइड

खेल तालिका
१० जुलाई – स्कटल्याण्ड विरुद्ध नामिबिया (टिटवूड क्रिकेट मैदान)
११ जुलाई – नामिबिया विरुद्ध नेपाल (न्यू क्याम्बुस्डुन क्रिकेट मैदान)
१३ जुलाई – स्कटल्याण्ड विरुद्ध नेपाल (टिटवूड)
१४ जुलाई – स्कटल्याण्ड विरुद्ध नामिबिया (टिटवूड क्रिकेट मैदान)
१६ जुलाई – नामिबिया विरुद्ध नेपाल (न्यू क्याम्बुस्डुन क्रिकेट मैदान)
१७ जुलाई – स्कटल्याण्ड विरुद्ध नेपाल (टिटवूड क्रिकेट मैदान)