काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) ले क्यानडा र स्कटल्याण्ड भ्रमणमा जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरेको छ ।


ADVERTISEMENT


सोमबार काठमाडौंमा राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, क्यानका अध्यक्ष चतुरबहादुर चन्द लगायत क्यानका पदाधिकारीले नेपाली टोलीलाई बिदाई गरेका हुन् । नेपालले स्कटल्याण्डमा विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ । त्यसअघि नेपाली टोलीले क्यानडामा एकदिवसीय सिरिज खेल्ने तालिका रहेको छ ।


ADVERTISEMENT

# # #


नेपालले स्कटल्याण्डमा लिग टू अन्तर्गत घरेलु टोली र नामिबियासँग खेल्नेछ । त्यसअघि नेपालले क्यानडासँग दुई खेलको एकदिवसीय सिरिज र एक स्थानीय क्लबसँग अभ्यास खेल खेल्नेछ । बिदाई कार्यक्रममा राखेपका सदस्य सचिव घिसिङले जनतालाई सकारात्मक जवाफ दिने गरी प्रदर्शन गर्न सुझाव दिए ।

त्यस्तै नेपाली टिमका कप्तान सन्दीप लामिछानेले क्यानडा र स्कटल्याण्डका लागि टिम सन्तुलनमा रहेको बताए । उनले भ्रमणका हुने सबै खेलमा विजय हासिल गर्दै तालिकामा सुधार हुने विश्वास व्यक्त गरे ।

क्यानले यसअघि नै क्यानडा र स्कटल्याण्ड भ्रमणका लागि सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको थियो ।

नेपाली टोली

सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल (उपकप्तान) कुशल भुर्तेल, आरिफ शेख, देव खनाल, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, करण केसी, सोमपाल कामी, आदिल अन्सारी, वासिर अहमत, किशोर महतो, पवन सर्राफ र विनोद भण्डारी (विकेटकिपर) ।

नेपालको खेल तालिका
११ जुलाई – नेपाल विरुद्ध नामिबिया (न्यू क्याम्बुस्डुन क्रिकेट मैदान)
१३ जुलाई – स्कटल्याण्ड विरुद्ध नेपाल (टिटवूड क्रिकेट मैदान)
१६ जुलाई – नेपाल विरुद्ध नामिबिया (न्यू क्याम्बुस्डुन क्रिकेट मैदान)
१७ जुलाई – स्कटल्याण्ड विरुद्ध नेपाल (टिटवूड क्रिकेट मैदान)

खेल समय  : अपरान्ह ३:१५ बजे (नेपाली समय)

यस्तो छ लिग-२ को अवस्था

७ राष्ट्रसम्मिलित विश्वकप लिग २ मा मा प्रत्येक टोलीले ३६ वटा एकदिवसीय खेल खेल्ने तालिका रहेको छ । जस अनुसार नेपालले हालसम्म १६ खेले खेलेको छ । जसमा ७ जित, ८ हार र १ बराबरी खेल्दै १५ अंकका साथ पाँचौँ स्थानमा रहेको छ ।

यता स्कटल्याण्ड २० खेलमा १३ जित र ५ हार तथा २ अनिर्णित खेलमा २८ अंकका साथ दोस्रो स्थानमा रहेको छ । यस्तै नामिबियाले १४ खेलमा ७ जित र ७ हार व्यहोर्दा १४ अंककासाथ नेपालपछि छैटौँ स्थानमा रहेको छ ।

यता ओमानले सबै ३६ खेल खेलेर २१ जित र १३ हार तथा १ बराबरी र १ अनिर्णित खेल खेल्दै ४४ अंकका साथ शीर्ष स्थानमा रहेको छ । पपुवा न्यूगिनीले २० खेल खेल्दा १ जित र १९ हारसहित २ अंक ल्याएर पुछारमा रहेको छ ।