काठमाडौँ– यूएईमा जारी विश्व क्रिकेट लिग च्याम्पियनसिपको सातौं तथा अन्तिम चरणको युएईसंगको खेलमा नेपालले दुई विकेट गुमाएको छ । अर्धशतक पूरा गरेका ओपनर तथा उपकप्तान ज्ञानेन्द्र मल्ल आउट भएका छन् ।


ADVERTISEMENT


उनी ५४ रनमा आउट भएका छन् । मल्लले ८३ बलको सामना गरी ६ चौका प्रहार गरे । युएईको अवुधावी स्थित शेख जायेद रंगशालामामा जारी खेलमा नेपालका लागि पहिलो विकेटमा दिलिप नाथलाई गुमाएको नेपालले दोस्रो विकेटमा ज्ञानेन्द्र लाई गुएको छ ।


ADVERTISEMENT

# # #


यस अघि दिलिप नाथ १६ रन बनाएर आउट भएका थिए । ३९ बल खेलेका उनले एक चौका प्रहार गरे ।

नेपाल अहिले २४.२ ओभरमा दुई विकेट गमाएर ८४ रन बनाएर खेलिरहेको छ । क्रिजमा अहिले पारस खड्का र सरद भेषवाकर रहेका छन् ।