काठमाडौँ– स्थापनाको छोटो कार्यकालमा नै नेकपा एकीकृत समाजवादी पार्टी विघटन हुने मार्गतिर देखिएको छ । पार्टीका अध्यक्ष माधव कुमार नेपालले मन्त्री फेरबदलको निर्णय गरेसंगै दलभित्रका मन्त्री तथा सांसद्हरु उनीप्रति रुष्ट बनेका छन् ।


ADVERTISEMENT


आफुहरुले उचित प्रस्तुती दिदादिदैँ पनि मन्त्री फेरबदलको प्रस्ताव ल्याउनुलाई उनीहरुले अध्यक्षको ‘अपरिपक्व निर्णय’ को संज्ञा दिएका छन् । उक्त निर्णय आफुहरुलाई कुनै पनि हालतमा मान्य नभएको भन्दै दलका चार मन्त्री सहित १० सासंदले संसदीय दलको बैठकको माग राखेका छन् ।


ADVERTISEMENT

# # #


बिहीबार बुझाएको आठ बुँदे ध्यानाकर्षण पत्रमा स्वास्थ्यमन्त्री विरोध खतिवडा, सहरीविकास मन्त्री रामकुमारी झाँक्री, पर्यटनमन्त्री प्रेमबहादुर आले र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् । मन्त्रीहरुको कदमलाई अन्य ६ जना सांसदले पनि समर्थन गरेका छन् । समर्थन गर्नेहरुमा कृष्ठलाल महर्जन, गोपालबहादुर बम, बिनादेवी बुढाथोकी,पुष्पाकुमारी कर्ण कायस्थ, धनबहादुर बुढा र निरा जैरु छन् ।

जसमा उनीहरुले अध्यक्ष नेपाललाई ध्यानाकर्षण पत्र बुझाउँदै बजेट अधिवेशन चलिरहेको बेलामा एक्कासि मन्त्रीमण्डल पुनर्गठन गर्ने कुरा सही र स्वाभाविक मान्न नसकिने उल्लेख गरेका छन् ।

यस्तो छ अध्यक्ष नेपाललाई बुझाएको ध्यानाकर्षण पत्र