काठमाडौँ – काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि आय–व्ययको बजेट सार्वजनिक गरेको छ । शुक्रबार नगरसभाको ११औँ अधिवेशनमा उपप्रमुख सुनितान डंगोलले २५ अर्ब ४१ करोडको बजेट प्रस्तुत गरेकी हुन् ।


ADVERTISEMENT


उपप्रमुख डंगोलले प्रस्तुत गरेको बजेटमा कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ ४ अर्ब ६८ करोड छुट्याएको छ । जुन कुल बजेटको २० प्रतिशत रहेको उपप्रमुख डंगोलको भनाई छ ।


ADVERTISEMENT

# # #


यस्तै महानगरले पूर्वाधार विकासका लागि ११ अर्ब ८ करोड बजेट वियोजन गरेको छ । जुन कुल बजेटको ४९.५७ प्रतिशत रहेको उपप्रमुख डंगोलले बताइन् ।

महानगरको चालु आर्थिक वर्षका लागि रु १८ अर्ब ९५ करोड ७७ लाख १२ हजार बराबरको बजेट विनियोजन गरिएको थियो ।