काठमाडौँ– पूर्वप्रधानमन्त्री तथा सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फेरि पनि प्रधानमन्त्री बन्ने इच्छा रहेको बताएका छन् । नेपाल पर्वतारोहण संघको नवनिर्वाचित नेतृत्वलाई पदभार हस्तान्तरण समारोहमा प्रचण्डले तेस्रो पटक पनि देशको प्रधानमन्त्री बन्ने आफ्नो इच्छातर्फ संकेत गरेका हुन् ।


ADVERTISEMENT


‘तपाईँहरूको आशीर्वादले तेस्रो पटक देशको नेतृत्व गर्ने मौका पाएँ भने देशलाई नयाँ युगतिर लैजाने,अहिलेका तमाम विकृतिमाथि प्रहार गर्दै समृद्धिको यात्रामा लैजाने सपना मेरो मनभित्र छ’, उनले भने ।


ADVERTISEMENT

# # #


विगतमा आफूले गरेका प्रयासलाई सार्थक बनाउन चाहेको बताउँदै उनले आफ्नो पहिलो प्रधानमन्त्रीको कार्यकाल झिलिमिली र दोस्रो कार्यकालमा धेरै राम्रो सुधारको प्रयास गरेको दाबी गरे ।

आफ्नो दोस्रो कार्यकालमा आफुले देशलाई राष्ट्रिय एकतामा बाँधेर चुनावमा लैजाने दायित्व निर्वाह गर्दै इतिहासमै राम्रो आर्थिक वृद्धिदर गराउन सफल भएको र त्यसप्रति आफुलाई गर्व हुने गरेको उनले बताए ।