काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले स्थानीय तहको चूनावपछि शक्ति सन्तुलनको तस्वीर स्पष्ट देखिएको बताएका छन् ।


ADVERTISEMENT


शुक्रबार काठमाडौंमा बसेको समाजवादीको पोलिटब्युरो बैठकमा अध्यक्ष नेपालले चूनावपछि देखिएको अवस्था, पार्टीको नीति र निर्णयका बोरमा आवश्यक समिक्षा गर्नुपर्ने देखिएको समेत बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले यसअघिको अवस्थाबाट पाठ सिक्दै संभावनालाई प्रयोग र चूनौतिको सामना गर्न बैठकले उचित मागदर्शन तय गर्ने धारणा राखे । अहिले पार्टीले कुनै पनि नीति तय गर्दा परिस्थीतिको विश्लेषण गर्दै सहि निर्णयमा पुग्नुपर्ने अवस्था रहेको उनको भनाई छ ।

पोलिटब्युरो बैठकले स्थानीय तह चुनावको समीक्षा र आगामी चूनावका लागि आवश्यक रणनीति बनाउने समाजवादीले जनाएको छ । बैठकको पूर्वसन्ध्यामा सरकारमा सहभागी चार मन्त्रीसहित १० जना सांसदले संसदीय दलको बैठक माग गरेका छन् । चार मन्त्रीलाई फिर्ता बोलाउने निर्णय कार्यान्वयन नहुँदा नेकपा एकीकृत समाजवादीभित्र विवाद सुरु भएको छ ।