काठमाडौं-च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा जर्मन क्लब बार्यन म्युनिखले नेइमारको टिम फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) लाई हराएको छ ।


ADVERTISEMENT


घरेलु मैदानमा मंगलबार राति भएको खेलमा बुण्डेस लिगा क्लब बार्यन म्युनिखले लिग वान क्लब पिएसजीलाई समूहको अन्तिम खेलमा ३–१ ले हराएको हो ।


ADVERTISEMENT

# # #


यता बार्यन म्यूनिखसँग पराजित भए पनि पिएसजी समूह ‘बी’ को विजेताको रुपमा नकआउट चरणमा प्रवेश गरेको छ । बार्यनको जितमा कोरेन्टिन टुलिसोले दुई तथा रोबर्ट लेवानडोस्की १ गोल गरे। पिएसजीका लागि केलियन एमबाप्पेले एक गोल फर्काएका थिए।

सर्वाधिक महङ्गो रकममा पिएसजी भित्रिएका नेइमारले केही राम्रा प्रयासलाई गोलमा परिणत गर्न नसक्दा हार बेहोर्नु पर्‍यो । जितपछि बार्यनको १५ अंक भयो । पिएसजीको पनि समान १५ अंक भए पनि गोल अन्तरका आधारमा ऊ समूह विजेता बन्दै अन्तिम १६मा प्रवेश गर्‍यो ।