काठमाडौं-बर्दियामा गएराति वाम गठबन्धन र कांग्रेसबीच विवाद भएपछि प्रहरीले लाठी चार्ज गर्नुका साथै तीन राउन्ड हवाई फायर गरेको छ ।


ADVERTISEMENT


मतदातालाई रकम बाँडेको आरोप प्रत्यारोप भएपछि बढैयाताल गाउँपालिका ९ जनता नगरस्थित मुक्तकमैया बस्तीमा दुवै पक्षबीच विवादले उग्ररुप लिएको थियो । त्यसपछि प्रहरीले स्थिति नियन्त्रण गर्न लाठीचार्ज गरेको थियो ।


ADVERTISEMENT

# # #


एमाले अध्यक्ष हरिप्रसाद ज्ञवालीले कांग्रेसले रकम बाँड्न लागेकोले कार्यकर्ताले विरोध गरेको आरोप लगाएका छन् । तर, कांग्रेसले भने सो कुरा अस्वीकार गरेको छ । पार्टी सचिव जीवन मल्लले रकम वाम गठबन्धनले रकम बाँडेर बदनाम गराउन खोजेको आरोप लगाए ।

वाम गठबन्धको नियन्त्रणमा रहेको कांग्रेसका स्थानीय नेता तारानाथ राना भाटलाई उद्दार गरेको प्रहरीले जनाएको छ । प्रहरी नायव उपरीक्षक युवराज खड्काले स्थिति नियन्त्रण गर्न लाठीचार्ज गर्नुका साथै तीन राउन्ड हवाई फायर गरेको बताए ।

प्रतिनिधि र प्रदेशसभाको दोस्रो चरण निर्वाचन अन्तर्गत मौन अवधि सुरु भएपछि मुक्तकमैया र सुकुम्बासी बस्तीमा आर्थिक चलखेल बढेको स्थानीयले बताएका छन् । निर्वाचन कार्यालयले मौन अवधिमा खासै चासो नदेखाएकाले आचारसंहिता उल्लंघन बढेको स्थानीयको भनाई थियो ।