काठमाडौँ– नेकपा एमालेका उपाध्यक्ष ईश्वर पोखरेलले अमेरिकन सहयोग स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) का पत्रबारे आफू जानकार नभएको बताएका छन् ।


ADVERTISEMENT


संसदको अन्तर्राष्ट्रिय सबन्ध समितिको बैठकमा तत्कालीन उपप्रधान तथा रक्षामन्त्री रहेका पोखरेलले त्यसबेला नेपाली सेनाले एसपीपीलाई पत्र लेखेको सम्बन्धि आफु जानकार नभएको बताएका हुन् ।


ADVERTISEMENT

# # #


सम्बन्धित समाचार : एसपीपी सम्झौता ओलीको पालामा भएको तथ्य पुष्टि गर्न प्रचण्डलाई एमालेको चुनौती

उनले पत्र पठाउँदा सेनाले सरकारलाई नसोधेको आरोप समेत लगाएका छन् । एसपीपी निराकरण हुनेतिर उन्मुख भएकाले खुसीको कुरा रहेको भन्दै उनले बैठकमा प्रश्न गरे, ‘ ‘एसपीपीबारे सेनाले (त्यो बेला) सरकारलाई कहिले सोधनी भयो ? त्यसबेला मन्त्रालयबाट सकारात्मक रेस्पोन्स गर्ने आधिकारिक व्यक्ति को थियो ? सेनापतिले एसपीपीलाई पत्र लेख्दा भर्खर बनेको सरकार आधिकारिक हो कि पहिले सकारात्मक जवाफ सेनालाई पठाउने चाँही ? यसबारेमा बाहिर सत्य तथ्य ल्याउनुपर्छ ।’

सम्बन्धित समाचार : एसपीपीका लागि सेनाले ओली प्रधानमन्त्री हुँदा नै पठाएको पत्र सार्वजनिक

पोखरेलले बिहिवार प्रतिनिधि सभाको बैठकको शुरुमै समय लिएर एसपीपी सम्झौता ओली सरकारकै पालमा भएको पुष्टि गर्न चुनौती दिएका थिए । तर, भूकम्पको समयमा विपद् व्यस्थापनका लागि २० कात्तिक २०७२ मा एसपीपीलाई नेपाली सेनाले पत्र लेखेको प्रधानसेनापति प्रभुराम शर्माले बताएको थियो ।

त्यसलगत्तै शुक्रबार बसेको समितिको बैठकमा मन्त्री पोखरेलले सो पत्र लेखिएको बारे आफूलाई जानकारी नभएको बताउँदै यसको थप सत्यत्थ्य बाहिर ल्याउनुपर्नेमा जोड दिएका हुन् ।