काठमाडौँ– नेकपा एमालेका सांसद् कृष्णगोपाल श्रेष्ठले सिसडोलबासीको मागप्रति गम्भीर हुँदै काठमाडौँको फोहोर व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।


ADVERTISEMENT


प्रतिनिधि सभा बैठकको बुधबारको बैठकमा श्रेष्ठले लामो समय फोहरको समस्या समाधान नहुदा काठमाडौं दुर्गन्ध र फोहोरले आक्रान्त भएको भन्दै बलप्रयोग गरेर नभई वार्ता र सहमतिमार्फत नै फोहर व्यवस्थापन गर्ने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।


ADVERTISEMENT

# # #


उनले अब धेरै दिन काठमाडौंवासीले सहन नसक्ने भन्दै तत्कालै फोहोरको व्यवस्थापन हुनुपर्ने धारणा राखे । फोहर व्यस्थापनका बिषयमा सम्बन्धित मन्त्रीले जवाफ दिनुपर्ने र यसमा सभामुखले रुलिङ गर्नुपर्ने उनको माग छ ।

काठमाडौँ महानगरमा प्रतिनिधि छनौटसम्म फोहोर व्यवस्थापनमा धैर्य राख्ने जनताप्रति सम्मान व्यक्त गर्नुपर्ने उनले बताए । तर निर्वाचनको परिणाम आइसकेपछि पनि फोहोर व्यवस्थापन नहुनु दुखद भएको उनको धारणा छ । रासस