काठमाडौं – ओस्कार अवार्डमा मनोनित नेपालको पहिलो फिल्म ‘क्याराभान’ निर्देशक एरिक भ्याली नयाँ फिल्मको पूर्वतयारीका लागि काठमाडौं आइपुगेका छन् ।


ADVERTISEMENT


आगामी प्रोजेक्ट छायांकनको पूर्वतयारी बुझ्न उनी यसैसाता पेरिसबाट काठमाडौं उत्रिएका हुन् । उनै अझै केही समय यहीं रहेर फिल्मको लोकेसन र स्क्रिप्टलाई पूर्णता दिने जनाइएको छ । वर्किङ टाइटल ‘क्याराभान २’ राखिए पनि आधिकारिक टाइटल चाहिं नयाँ नै हुने जनाइएको छ ।


ADVERTISEMENT

# # #


नयाँ फिल्मको लागि एरिकले हुम्लाका दुई नन–एक्टर पुरुष कलाकारलाई फाइनल गरिसकेका छन् । दुई अभिनेत्री मेनुका प्रधान र ‘नाका’ फेम्ड थिन्ले ल्हामोमध्ये एक जनालाई लिने बुझिएको छ ।

सम्भावित कास्टिङको लागि एरिकले ती दुई अभिनेत्रीलाई भेटिसकेका छन् । फ्रान्सको एक कम्पनीसँग मिलेर एरिकले बनाउन लागेको यो प्रोजेक्ट कोरोना महामारीले प्रभावित भएको थियो ।

दुई वर्षअघि नै एरिकले प्रोजेक्टलाई अघि बढाउने सोच बनाएका थिए । नेपालमा पहिलो लकडाउन सुरु हुनुअघि उनी पेरिसतर्फ उडे । महामारी साम्य भएपछि भने उनी पहिलोपटक नेपाल आएका हुन् ।

एरिक निकट स्रोतका अनुसार नयाँ फिल्ममा हुम्लादेखि काठमाडौंसम्मको यात्राको कथा हुनेछ । मनाङ वा मुस्ताङमध्ये कुनै एक भूगोलमा समेत बाँकी छायांकन हुनेछ ।

एरिकले मण्डला पुगेर  ‘चोरको स्वर’  नाटक हेरे

ओस्कार मनोनित निर्देशक एरिक भ्याली मण्डला नाटकघरमा मञ्चन भइरहेको नाटक ‘चोरको स्वर’ हेर्न मंगलबार थापागाउँ पुगेका थिए । जहाँ उनले पूरै समय बसेर नाटक हेरे ।

उक्त नाटक हेर्ने एरिक हाइप्रोफाइल दर्शक समेत हुन् । पूरै समय बसेर नाटक हेरेपछि उनले नाटकको प्रशंसा गरे । नाटकमा चित्रण गरिएको सांस्कृतिक पक्ष आफूलाई मन परेको भन्दै एरिकले भाषा नबुझे पनि दृश्य प्रस्तुतिले आफूलाई आकर्षित गरेको बताए ।

नाटकपछि उनले मण्डलाका विद्यार्थीसँग भलाकुसारी पनि गरे । केही साताको नेपाल बसाइमा एरिकले आगामी प्रोजेक्टबारे गृहकार्य गर्ने बुझिएको छ ।