काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले काठमाडौं महानगरको फोहोर व्यवस्थापनमा पहलकदमी लिन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन्।


ADVERTISEMENT


बुधबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले महानगर र शहरी विकास मन्त्रालयले मात्रै फोहोर व्यवस्थापन गर्न नसक्ने भएकाले प्रधानमन्त्रीलाई नै आग्रह गरेका हुन्।


ADVERTISEMENT

# # #


उनले भने, ‘काठमाडौंको फोहोर व्यवस्थापनमा काठमाडौं महानगर र शहरी विकास मन्त्रालयले गरिरहेको काममा मद्दत गर्नु सबैको कर्तव्य हो। तर, कतिपय कुरा गर्न दुई निकायले मात्रै सम्भव छैन। त्यसलै स्रोत साधन र कानुनी प्रक्रियाको गाँठो फुकाउन प्रधानमन्त्रीज्यूले नै पहल गर्नुपर्नेछ। त्यसका लागि पहलकदमी लिन प्रधानमन्त्रीज्यूलाई आग्रह गर्न चाहन्छु।’

फोहोर व्यवस्थापनको काममा नगरवासीलाई पनि आ-आफ्नो ठाउँबाट जिम्मेवारीको रूपमा लिन आग्रह गरे। असार १ गतेबाट नै कुहिने र नकुहिने फोहोर अनिवार्य रूपमा छुट्याउनुका लागि महानगरवासीलाई आग्रहसमेत गरे।

आफू काठमाडौंकै सांसद भएकाले फोहोर मुक्त काठमाडौं बनाउन बनाउन सबैको सहयोगको अपेक्षा राखेका छन्। काठमाडौं महानगरसँग जोडिएका अन्य नगरपालिका र वडाहरूले सँगै काम गर्न आग्रह गरे।