नेपालगन्ज– जिल्लाको चारबहिनीस्थित एचसीआरसी अस्पतालमा डिजिटल अपोइन्टमेन्टको थालनी भएको छ । अस्पतालले सोमबार एक सुचना जारी गर्दै अबका दिनबाट बिरामीहरुले उपचार गर्न तथा डाक्टरसँगको परामर्शका लागि अनलाइनबाटै अपोइन्टमेन्ट लिनसक्ने जनाएको हो ।


ADVERTISEMENT


नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा र कोजेन्ट हेल्थको सहकार्यमा सञ्चालित ई–अपोइन्टमेन्ट प्लेट फर्ममा आबद्ध भएसँगै अनलाइन अपोइन्टमेन्ट सेवाको शुरुआत गरिएको असप्तालले जनाएको छ ।  ई–सेवा मोबाईल एप्लिकेशन मार्फत अपोइन्टमेन्ट लिन सकिने उक्त सेवा सुचारुबाट सेवाग्राहीहरु लाभान्वित हुने विश्वास लिइएको छ ।


ADVERTISEMENT

# # #


नेपालमा कोजेन्ट हेल्थ एवम् ई–सेवाले अस्पतालहरुमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने सेवाको सुरू गरेसँगै यस प्लेटफर्ममा आबद्ध हुने अस्पतालको संख्या बढ्दो छ ।

कोजेन्ट हेल्थ प्रालि स्वास्थ्य सूचना प्रविधि क्षेत्रको नव प्रवर्तन कम्पनी हो । कम्पनीले इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर) मा आधारित अस्पताल तथा स्वास्थ्य संस्थाका व्यवस्थापनलाई पूर्ण रुपमा डिजिटलाइज गर्नका लागि प्रविधि निर्माणको काम गर्दै आएको छ ।

कोजेन्ट हेल्थ र ईसेवाद्धारा निर्मित ई–अपोइन्टमेन्ट र क्यूआर पेमेन्ट लगायत कोजेन्ट ईएमआर, कोजेन्ट ईएमआर वेब र स्मार्ट स्वास्थ्य जस्ता प्रविधिहरु नेपाल भरका सयभन्दा बढी अस्पताल र स्वास्थ्य संस्थाहरुमा प्रयोग भइरहेका छन् ।