बर्दिया – बर्दियाको मधुवन नगरपालिका–२ छोट्की सोनाहा निवासी ४१ वर्षीया अस्मिता थारुलाई चितुवाले आक्रमण गरी घाइते बनाएपछि ओराली बजारमा सडक बन्द गर्दै स्थानीयले सुरक्षाको माग गरेका छन् ।


ADVERTISEMENT


मधुवन क्षेत्रमा वन्यजन्तुको आक्रमण दोहोरिएपछि बाघ अनुगमन गर्न निकुञ्जलाई अनुरोध गरिएको बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रममार्फत संयुक्तरूपमा बाघ अनुगमन भइरहेको बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताए ।


ADVERTISEMENT

# # #


केही दिनअघि सोही क्षेत्रमा पाटेबाघको आक्रमणमा परी मधुवन नगरपालिका–२ की कौसिला शाहीको मृत्यु भएको थियो । तीन वर्षयता बाघको आक्रमणबाट बर्दियामा २३ जनाको मृत्यु भइसकेको छ । रासस