काठमाडौँ– काठमाडौँ महानगरपालिकाले हप्तौदेखि थुप्रिएको फोहोरमाथि केमिकल हाल्न शुरु गरेको छ । निर्वाचन अघिदेखि नै थुप्रिएको फोहोरका कारण सार्वजनिक सडकदेखि विभिन्न स्थानहरुमा दूर्गन्ध फैलन थालेसंगै महानगरले अस्थायी विकल्पका लागि केमिकल हालेर दूर्गन्धरहित बनाउन लागेको हो ।


ADVERTISEMENT


तत्कालका लागि यत्रतत्र फोहोरमैलाका कारण फैलिएको दुर्गन्ध र अन्य स्वास्थ्य जोखिम रोक्नको लागि कीटाणुनाशक औषधि र अन्य रसायन छर्कने अस्थायी समाधान शुरु गरेको महानगरले जनाएको छ ।


ADVERTISEMENT

# # #


उसअघि काठमाडौँ उपत्यकाको फोहोर विसर्जन गर्दै आएको नुवाकोटका सिसडोलवासीले विभिन्न माग राखेर फाहोर फाल्न नदिने निर्णय गरेसंगै काठमाडौँमा फोहोर थुप्रिन थालेको हो । उक्त समस्याको स्थायी समाधान खोज्दै महानगरका नवनिर्वाचित मेयर बालेन साह र उपमेयर सुनिता डंगोल यतिबेला दौडधुपमा व्यस्त छन् ।