काठमाडौँ – नेकपा एकीकृत समाजवादी पार्टीले आइतबार सरकारमा सहभागी आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गर्यो । तर, संसदमा बजेटमाथि छलफल भइरहेकाले तत्काल मन्त्री फिर्ता नबोलाउन प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रह र स्वयम् मन्त्रीहरुले निर्णयको विरोध गरेपछि अध्यक्ष माधव नेपाल उक्त निर्णयबाट पछाडि हट्ने देखिएको छ ।


ADVERTISEMENT


आइतबार मन्त्री हेरफेरको निर्णयपछि अध्यक्ष नेपालले पार्टीमा यसअघिको सहमति अनुसार सरकारमा सहभागी भएका आफ्ना मन्त्रीहरुको ६ महिना पुगिसेकेकाले फिर्ता बोलाउने निर्णय भएको बताएका थिए ।


ADVERTISEMENT

# # #


सोही अनुसार एकीकृत समाजवादीले स्वास्थ्यमन्त्री विरोध खतिवडा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, सहरी विकासमन्त्री रामकुमारी झाँक्री र श्रम तथा रोजगारमन्त्री कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

यस्तै जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्नेछन् भने सहरी विकास मन्त्रीमा मेटमणि चौधरी, श्रम तथा रोजगार मन्त्रीमा शेरबहादुर कुँवरको नाम अध्यक्ष नेपालले आइतबार नै प्रधानमन्त्री देउवालाई बुझाएका थिए ।

तर, पार्टी भित्रै विरोध र प्रधानमन्त्री देउवाको समेत असन्तुष्टि देखिएपछि नयाँ मन्त्रीहरुको शपथ हुन सकेको थिएन ।