काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले प्राकृतिक स्रोतसाधनको उपयोग गर्दै सुदूरपश्चिम क्षेत्रको पूर्वाधार तथा आर्थिक विकास गर्नुपर्ने बताएका छन् ।


ADVERTISEMENT


आइतबार काठमाडौंमा आयोजित सुदूरपश्चिमाञ्चल सरोकार मञ्चको साधारणसभा उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले सुदूरपश्चिममा विकासका धेरै सम्भावना रहेको भन्दै प्राकृतिक स्रोतसाधनको उपयोग गर्दै पूर्वाधार तथा आर्थिक विकास गर्नुपर्ने बताएका हुन् । प्राकृतिक स्रोत साधनको सदुपयोग गर्दै युवाहरुलाई स्वदेशमा नै रोजगारी प्रदान गर्नुपर्ने उनले बताए ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री देउवाले भौगोलिक विकटता लगाएतका कारणले सुदूरपश्चिम पछाडी परेका कारण त्यस क्षेत्रका युवाहरु रोजगारका लागि भारत जान बाध्य भएको उनको भनाई छ । त्यस्तै उनले सुदूरपश्चिमलाई विकासको हव बनाउनका लागि दोधरा चादनीमा ड्राइपोर्ट आवश्यक रहेको धारणा राखे ।

प्रधानमन्त्री देउवाले मुलुकमा पछिपरेका स्थानमा समान विकासका लागि सबैको सहकार्य आवश्यकतामा जोड दिए ।