ललितपुर– प्रहरी निरीक्षक नरेश शाहीको ट्राफिक जनचेतनामूलक गीत ‘रातो बत्ती, हरियो बत्ती’ भिडियोसहित सार्वजनिक भएको छ । प्रहरी निरीक्षक शाहीकै शब्द एवम् स्वरमा सजिएको सो भिडियो गत बिहिवार प्रिन्सेस एन्जलको अफिसियल च्यालनमार्फत सार्वजनिक गरिएको हो ।


ADVERTISEMENT


ट्राफिक सचेतनासम्बन्धि रहेको उक्त गीतले समाजमा ट्राफिक जनचेतना जगाउनुका साथै सकारात्मक परिवर्तनमा ल्याउन महत्वपूर्ण टेवा पुर्‍याउने शाहीको विश्वास छ ।


ADVERTISEMENT

# # #


गीतमा शाहीलाई को–सिंगरको रुपमा प्रिन्सेस एन्जलले साथ दिएकी छन् भने, भिडियोमा गायक गायिका दुवैको अभिनय देख्न सकिन्छ । विपीन आचार्यको एरेन्ज तथा मिक्सिङ रहेको गीतको रेकर्डिङ्ग निरज ओलीले गरेका हुन् ।

यस्तै, सुजन बज्राचार्यको सहायक निर्देशन रहेको उक्त भिडियोको छायांकनमा मोहन कुमारले तथा ईडिटीङ्ग अनिल कुमार महर्जनले साथ दिएका छन् ।

भिडियो हेर्नुहोस् :