काठमाडौँ – सत्तारुढ दल नेकपा एकीकृत समाजवादी पार्टीले सरकारमा सहभागी आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाएसँगै नयाँ मन्त्रीको नाम टुंगो लगाएको छ ।


ADVERTISEMENT


पार्टीको आइतबार बसेको सचिवालय बैठकमा मन्त्री हेरफेर गर्ने निर्णय गरेको थियो । सोही अनुसार अब जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवर र हिराचन्द्र केसी नयाँ मन्त्री बन्ने भएका छन् । यस्तै यसअघि स्वास्थ्य राज्यमन्त्री रहेका भवानीप्रसाद खापुङ पनि मन्त्री बन्नेछन् ।


ADVERTISEMENT

# # #


स्रोतका अनुसार जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्नेछन् भने सहरी विकास मन्त्रीमा मेटमणि चौधरी, श्रम तथा रोजगार मन्त्रीमा शेरबहादुर कुँवरको नाम अघि सारिएको छ । हिराचन्द्र केसी स्वास्थ्य राज्यमन्त्री बन्ने बताइएको छ ।

यसअघि एकीकृत समाजवादी पार्टीबाट स्वास्थ्यमन्त्री विरोध खतिवडा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, सहरी विकासमन्त्री रामकुमारी झाँक्री र श्रम तथा रोजगारमन्त्री कृष्णकुमार श्रेष्ठ थिए ।

असोज २२ गते मन्त्री बनेका उनीहरुलाई एकीकृत समाजवादीले आजै फिर्ता बोलाउने निर्णय गरेको थियो ।