काठमाण्डौं-आइतबार राति सम्पन्न खेलमा चिभो भेरोनालाई ५–० ले पराजित गर्दै इन्टर मिलन इटालियन सिरी ‘ए’को शीर्ष स्थानमा उक्लिएको छ ।


ADVERTISEMENT


घरेलु मैदानमा भएको खेलमा मिलानका लागि इभान पेर्सीकले ह्याट्रिक गरे । यस्तै थप गोल मौरो इकार्डी र मिलान स्क्रिनियरले गरेका थिए ।


ADVERTISEMENT

# # #


इन्टरको जितमा पेर्सीकले खेलको २३, ५७ र ९० औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए । यस्तै इकार्डीले ३८ औं मिनेटमा र स्क्रिनियरले ६० औं मिनेटमा गोल गरेका थिए ।

आइतबार नै सम्पन्न अर्को खेलमा टोरिनो र एटलान्टाले बराबरी खेलेका छन् । त्यस्तै फियोरिन्टिनाले सासुउलोलाई ३–०ले पराजित गरेको छ ।

जितसँगै इन्टर मिलानले नापोलीलाई १ अंकले पछि पार्दै शीर्ष स्थानमा उक्लिएको छ ।

इन्टरले १५ खेलबाट ३९ अंक जोडेको छ भने दोस्रो स्थानमा झरेको नापोलीको ३८ अंक रहेको छ । तेस्रो स्थानको युभेन्टसको ३७ अंक र चिभो भेरोना २० अंकसहित १२ औं स्थानमा छ ।