काठमाण्डौं-यातायातका साधन अभावमा जिल्लाका अधिकांश मतदान केन्द्रमा निर्वाचन सामग्री ढुवानीमा समस्या भएको छ । भाडाका सवारी साधन नपाइँदा ढुवानीमा समस्या भएको कर्मचारीको भनाइ छ । अधिकांश गाडी दलहरूले प्रचारप्रसारका लागि भाडामा लिएकाले समस्या भएको हो । मतदान केन्द्रमा सोमबार बेलुकीसम्म पुगिसक्नुपर्ने कर्मचारीलाई पुग्न समस्या भएको छ । ठूला गाडी चल्ने स्थानमा ५ वटासम्म केन्द्रका गाडी एकैपटक लैजाने गरिएको कर्मचारीको भनाइ छ ।


ADVERTISEMENT


कर्मचारीहरूका अनुसार साना सवारी साधनमात्र चल्ने गाउँमा सामग्री लैजान बढी समस्या छ । बन्गाड कुपिण्डे नगरपालिकाको देवस्थल मतदान केन्द्रका कर्मचारी डिल्ली यादवले केन्द्र नजिकैसम्म गाडी जाने भए पनि भाडामा नपाउँदा ढुवानीमा समस्या भएको बताए । जिल्लाको सबैभन्दा दुर्गम मानिने काप्रीचौर केन्द्रमा खटिएका कर्मचारी हरि बस्नेतले दुई दिन लगातार खोजेपछि मात्र भाडाको गाडी पाएको जनाए ।


ADVERTISEMENT

# # #