पोखरा – उच्च अदालत पोखराले नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका अभिनेता पल शाह (पूर्णविक्रम शाह)लाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।


ADVERTISEMENT


बिहीबार उच्च अदालतका न्यायाधीशद्वय उज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले जिल्ला अदालत तनहुँकै फैसलालाई सदर गर्दै उक्त आदेश दिएको हो । जिल्ला अदालत तनहुँको आदेशविरुद्ध पल शाह उच्च अदालत गएका थिए । तर, उच्च अदालतले पनि सोही आदेश दिएको हो ।


ADVERTISEMENT

# # #


आदेशमा भनिएको छ, ‘१० चैत २०७८ मा तनहुँ जिल्ला अदालतबाट भएको आदेश वेरितको नदेखिँदा परिर्वतन गरिहनु पर्दैन ।’

पोखराकी एक १७ वर्षीया किशोरीले म्युजिक भिडियो छायांकनका क्रममा शाहले आफूलाई जबरजस्ती करणी गरेको आरोपमा फागुन ११ गते आफ्ना बुवामार्फत जाहेरी दिएकी थिइन् ।

सोही जाहेरीका आधारमा शाह फागुन १५ गने तनहुँ प्रहरीकोमा पुगेका थिए । उनलाई पटकपटक म्याद थप गरी अनसन्धान भइरहेको थियो ।