काठमाडौं – सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेर तोलाको ९७ हजार ८०० रुपैयाँ तोकिएको छ । अघिल्लो दिन उक्त सुन प्रतितोला ९८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।


ADVERTISEMENT


नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रुपैयाँ छ । अघिल्लो दिन उक्त सुन प्रतितोला ९७ हजार ७०० रुपैयाँ पुगेको थियो ।


ADVERTISEMENT

# # #


त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला पाँच रुपैयाँले घटेर एक हजार २७० रुपैयाँ रहेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८४५ डलर आसपासमा कारोबार भइरहेको छ । रासस