काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली वर्तमान सरकारमाथि खनिएका छन् । बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै एमाले अध्यक्ष ओलीले राष्ट्रिय स्वार्थतर्फ यो गठबन्धन सरकारलाई कुनै मतलब नभएको बताए ।


ADVERTISEMENT


उनले विदेश नीतिमा सरकारले खेलबाँड गरेको आरोप लगाए । ‘यो सरकार बनेको नै कन्फरटेबल हुन हो । यसले त्योबाहेक कुनै बाटो समातेन,’ उनले भने, ‘छिमेकी देशसँग पक्षधरताको बाटो यो सरकारले लिएको छ । यो म्यादी सरकार हो ।’


ADVERTISEMENT

# # #