कलैया – पचरौता नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवार निर्वाचित भएका छन् । उक्त दलका जलनदर सिंहले चार हजार ७३३ मत ल्याई निर्वाचित भए ।


ADVERTISEMENT


उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका रमेश यादवले चार हजार ४६१ मत प्राप्त गरे । उपप्रमुखमा पनि एमालेकै नसिमा खातुनले चार हजार ५३८ मत ल्याई निवार्चित भए ।


ADVERTISEMENT

# # #


उहाँका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीकै सगुफा खातुन चार हजार १६३ मतमा सीमित भए । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा तत्कालीन सङ्घीय समाजवादी पार्टीकातर्फबाट रमेशकुमार यादव प्रमुखामा र ईन्दुदेवी यादव उपप्रमुखमा निर्वाचित भएका थिए । रासस