ललितपुर– ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका चिरीबाबु महर्जनको ७ हजार बढी मतले अग्रता कायमै देखिएको छ ।


ADVERTISEMENT


कुल ३२ हजार ८१९ मत गणनाको प्रारम्भिक नतिजा अनुसार, महर्जनले १७ हजार २१० मत प्राप्त गरेका छन् । उनका निकतम् प्रर्तीस्पर्धी नेकपा(एमाले)का उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले ९ हजार ६८८ मत ल्याएका छन् । यस हिसाबले महर्जन व्यञ्जकारभन्दा ७ हजार ५२२ मतले अगाडि देखिएका छन् । यस्तै, राप्रपाका अष्ट बहादुर महर्जन भने १ हजार ३७९ मतका साथ तेस्रो स्थानमा सिमित रहेका छन् ।


ADVERTISEMENT

# # #


त्यसैगरि, उपप्रमुखमा एमालेकी मञ्जली शाक्यले (आस्था) ९ हजार ४८९ मतका साथ अग्रता कायम गरेकी छन् । उनका निकतम् माओवादी केन्द्रबाट माओवादी केन्द्रका बाबुराजा बज्राचार्य ६ हजार ९०३ ले मत प्राप्त गरेका छन्, भने तेस्रो स्थानमा रहेकी राप्रपा स्वर्णिमा शाक्यले २ हजार ४९३ मत प्राप्त गरेकी छन् ।

हालसम्म महानगरपालिकाको बदर मतपत्र संख्या ४ हजार ७८७ रहेको छ ।