नुवाकोट – जिल्लाको किस्पाङ गाउँपालिकामा नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धनका उम्मेदवारले जित हासिल गरेका छन् ।


ADVERTISEMENT


सोमबार अबेर आएको अन्तिम परिणाम अनुसार एमाले माओवादी गठबन्धन (नेकपा) एमालेबाट गाउँपालिका प्रमुखका उम्मेदवार बनेका बिरबल तामाङले जित हासिल गरेका छन् । उनले ३ हजार ६ सय ३८ मत प्राप्त गरेका छन् । भने उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेदवार छत्रबहादुर लामाले ३ हजार ४ सय ५२ मत प्राप्त गरेका छन् ।


ADVERTISEMENT

# # #


यता गठबन्धनबाटै गाउँपालिका उपप्रमुखमा ३ हजार ७ सय १२ मतसहित अर्जुनप्रसाद न्यौपानेले जित हासिल गरेका छन् । त्यस्तै गाउँपालिका उपाध्यक्षमा उनका निकटतम प्रतिद्धन्दी दिकुमारी मोक्तानले ३ हजार १ सय ७७ मत प्राप्त गरेकी छिन् ।

नेकपा एमालेले गठबन्धनमा आबद्ध कुनै पनि दलसँग गठबन्धन नगर्न निर्देशन दिए पनि किस्पाङमा भने एमाले माओवादीको गठबन्धन भएको थियो ।