काठमाडौँ– काठमाडौं महानगरपालिका स्वतन्त्र मेयर उम्मेदवार बालेन्द्र(बालेन) शाह अन्य उम्मेदवारलाई फराकिलो मतले पछि पार्दै अग्र स्थानमै अडिग रहेका छन् । शाहले नेकपा एमालेका उम्मेदवार मेशव स्थापित र कांग्रेसका उम्मेदावर सिर्जना सिंहलाई उछिन्दै आफ्नो अग्रता कायम राखेका हुन् ।


ADVERTISEMENT


निर्वाचन आयोगका हालसम्मको मतगणना अनुसार, शाहले १० हजार ८९९ मत प्राप्त गरेका छन् । जबकी उनलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ५ हजार ८४१ मत पाएका छन् । यस्तै, ५ हजार ११४ मत प्राप्त गर्दै गठबन्धनका तर्फका नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह तेस्रो स्थानमा छिन् ।


ADVERTISEMENT

# # #