काठमाडौं – काठमाडौंको शंखरापुर नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीले अग्रता लिएको छ । राप्रपाका मेयर उम्मेदवार रमेश नापितले ३७०३ मतसहित अग्रता लिएका छन्।


ADVERTISEMENT


नापितलाई एकीकृत समाजवादीका लक्ष्मीप्रसाद श्रेष्ठले ३४८५ मत ल्याएर पछ्याइरहेका छन् । यस्तै, नेकपा एमालेका कृष्णलाल बजगाईंले ३१०६ र माओवादी केन्द्रका मधु केसीले २०८५ मत ल्याएकी छन्।


ADVERTISEMENT

# # #


उपमेयरमा भने कांग्रेसकी समिता श्रेष्ठले अग्रता लिएकी छन्। उनले ५५३४ मत प्राप्त गरेकी छन् । उनलाई राप्रपाका विजयकुमारी वाइवाले २५४२ मत ल्याएर पछ्याइरहेकी छन् ।

तेस्रोमा एमालेकी लक्ष्मी केसी र चौथोमा माओवादी केन्द्रकी चण्डिका चौलागाईं छन् । केसीको २३४० र चौलागाईंले २१३२ मत ल्याएकी छन्।

शंखरापुरमा नेपाली कांग्रेस र एकीकृत समाजवादीबीच चुनावी तालमेल रहेको छ । यसअघिको निर्वाचनमा नेपका एमालेका सुवर्ण श्रेष्ठ विजयी भएका थिए। उपमेयरमा पनि एमालेकै शुक्रलक्ष्मी श्रेष्ठ विजयी भएकी थिइन् ।