काठमाडौं – काठमाडौं महानगरपालिका उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोल ६ हजार ७ सय ४४ मतले अगाडि रहेकी छन्। हाल सम्मको मतगणनापछि सार्वजनिक भएको तथ्यांक अनुसार सुनिता डंगोलले ९ हजार ४१९ मत प्राप्त गरेकी छन्।


ADVERTISEMENT


उनका निकटतम प्रतिद्वन्द्वी एकिकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले २ हजार ६७५ मत प्राप्त गरेका छन् । यस्तै राप्रपाकी बिनिता मगैयाले १ हजार ७०९ मत प्राप्त गरेकी छन्। विवेकशील साझाकी उम्मेदवार किर्ति कंसाकारले १०७ मत प्राप्त गरेकी छन् ।


ADVERTISEMENT

# # #


स्वतन्त्र उम्मेदवार विधा श्रेष्ठले ७८३, अर्का स्वतन्त्र उम्मेदवार वेन्जी सिहं महर्जनले १००५, स्वतन्त्रबाटै उम्मेदवार रिङ्कु श्रेष्ठ ७० र पुष्पा खरेलले १८ मत प्राप्त गरेकी छन्।