दाङ – दाङको राजपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्ष पदमा शरद बुढाथोकी तीन हजार ९८० मत प्राप्त गरी निर्वाचित भएका छन् ।


ADVERTISEMENT


उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का चक्रबहादुर खडकाले तीन हजार १६७ मत र नेकपा (एमाले)का अध्यक्ष पदका उम्मेदवार कुलराज गिरीले दुई हजार ९२२ मत प्राप्त गरेका छन् ।


ADVERTISEMENT

# # #


त्यस्तै उपाध्यक्षमा धनपतिदेवी यादव तीन हजार ८३६ मत प्राप्त गरी विजयी भएकी छन् भन् उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी उम्मेदवार पुष्पा यादवले तीन हजार ३४८, नेकपा (एमाले)की सीता यादवले दुई हजार सात मत प्राप्त गरेकी छन्। कूल १५ हजार ७२३ मतदाता रहेकामा ११ हजार ७४१ मत खसेको थियो ।