डोटी – डोटीको बोगटान फुड्सिल गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का कमलबहादुर गड्सिला दुई हजार ५८ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का हस्तबहादुर बुढाले दुई हजार २४ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका डिलबहादुर बमले एक हजार ९३४ मत प्राप्त गरेका छन्


ADVERTISEMENT


गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसकी विष्नादेवी बम विजयी भएकस् छन् । बमले दुई हजार ६३ मत प्राप्त गरी विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का तर्फबाट उम्मेदवार बनेकी ज्ञानु मल्ल (बम) ले एक हजार ९९१ मत प्राप्त गरेकी छन् भने माओवादी केन्द्रकी कलावतीकुमारी चिमालले एक हजार ८७१ मत प्राप्त गरेकी छन् ।


ADVERTISEMENT

# # #