रसुवा – आमाछोदिङमो गाउँपालिका, रसुवामा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्ष र उपाध्यक्ष दुबै पदमा कांग्रेस विजयी भएको हो ।


ADVERTISEMENT


अध्यक्षमा बुचुङ तामाङ १ हजार ४३० मतसहित विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका फर्पुसिंगी तामाङले १ हजार ३४५ मत पाए ।


ADVERTISEMENT

# # #


उपाध्यक्षमा कांग्रेसकी चण्डिका तामाङ १ हजार ३८१ मत ल्याएर निर्वाचित भइन् । उपाध्यक्षकी निकटतम प्रतिद्वन्द्वी एमालेकी नविना लामाले १ हजार २२३ मत प्राप्त गरिन् ।