रसुवा – रसुवाको गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी भएको छ । अध्यक्षमा कैसाङ नुर्पु तामाङले २ हजार ५ सय ६३ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पेम्बा छिरिङ तामाङले २ हजार ८० मत पाए ।


ADVERTISEMENT


उपाध्यक्षमा प्रतिमा लामाले २ हजार ५ सय ४५ मत ल्याएर विजयी भइन् । उनका प्रतिद्वन्द्वी कांग्रेसकी देकी तामाङले २ हजार ८८ मत ल्याएर पराजित भइन् ।


ADVERTISEMENT

# # #


यो पालिकामा ६ वटा वडा छन् । वडा नम्बर १ मा एमालेका उर्केन छिरिङ तामाङ, २ मा कांग्रेसका कामी छिरिङ तामाङ, ३ मा एमालेका मिङमार छिरिङ तामाङ, ४ मा कांग्रेसका डिण्डु लामा ज्याबा तामाङ, ५ मा एमालेका दावा मिङमार तामाङ र ६ मा एमालेका दावा सिदार वाइबा विजयी भएका छन् ।

गोसाइँकुण्ड गाउँपालिकामा ५ हजार ८ सय ९० मतदाता रहेकोमा ४ हजार ७ सय ७३ मत खसेको थियो ।