भरतपुर – भरतपुर महानगरपालिकाको मतगणना जारी रहेको छ। मतगणना जारी रहँदा मतपत्रमा मत नहालेर एमसीसीको विरोध गरेर लेखेको पनि पाइएको छ । मतगणनामा खटिएका एक जना दलीय प्रतिनिधिले दुई वटा मतपत्रमा फरक दृश्य देखिएको बताए ।


ADVERTISEMENT


उनका अनुसार एउटा मतपत्रमा कसैलाई पनि मत नहाली ‘दलाललाई भोट हाल्दिनँ, एमसीसी मुर्दावाद’ लेखेको पाइएको छ। अर्को एक मतपत्रमा भने एमसीसीको विरोध गरिएको चिट भेटिएको उनले बताए । दुबै मतपत्र बदर भएको छ ।


ADVERTISEMENT

# # #


भरतपुर महानगरपालिकाको जारी मतगणनामा गठबन्धनकी उम्मेदवार रेनु दाहालको अग्रता रहेको छ । दाहालले एमालेका उम्मेदवार विजय सुवेदीलाई पछि पारेकी हुन् ।