काठमाडौं – काग्रेसले प्रतिनिधि र प्रदेशसभा चुनावमा बहुमत ल्याउने दावी गरेको छ ।


ADVERTISEMENT


कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँडले प्रतिनिधिसभा र प्रतिनिधिसभा चुनावमा आफ्नो पार्टीले सहजै बहुमत ल्याउने बताएका हुन् ।


ADVERTISEMENT

# # #


पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार पत्रकार सम्मेलन गरी संयोजक खाँडले पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा पनि आफ्नो पार्टीले अग्रता कायम गरेको दावी गरे ।

नेता खाँडले समानुपातिकतर्फ पनि आफ्नो पार्टीले अग्रता कायम गर्ने दोहोर्‍याएका छन् । चुनावपछि कांग्रेसकै नेतृत्वमा लोकतान्त्रिक गठबन्धनको सरकार बन्ने दावी गर्दै उनले त्यसले मुलुकको समृद्धिका लागि काम गर्ने दावी समेत गरेका छन् ।

यस्तै पत्रकार सम्मेलनमा बोल्दै कांग्रेसका केन्द्रीय चुनाव आर्थिक उपसमितिका संयोजक विनोद चौधरीले कांग्रेसको नेतृत्वमा मात्रै मुलुकलाई समृद्ध बनाउन सकिने दावी गरे ।

दोस्रो चरणमा हुने चुनावमा मतपरिणाम आफ्नो पक्षमा पार्न पार्टीको सिंगो शक्तिलाई परिचालन गरिएको चौधरीले जानकारी दिए ।