काठमाडौं – श्रीलङ्कामा भएको हिंसामा आज सोमवार सत्तारूढ दलका एक सांसदसहित दुई जनाको ज्यान जानुका साथै कम्तीमा एक सय ३९ जना घाइते भएको प्रहरी र अस्पतालका अधिकारीहरूले बताएका छन् ।


ADVERTISEMENT


सांसद अमरकीर्थी अथुकोरालाले कारलाई रोक्ने क्रममा गोली चलाउँदा दुई जना गम्भीर घाइते भएको र घाइतेमध्ये एक जनाको पछि ज्यान गएको प्रहरीले जनाएको छ । सांसद्ले ‘त्यसपछि आफ्नो रिभल्भरले आफ्नै ज्यान लिएको’, एक प्रहरी अधिकारीले एएफपीलाई टेलिफोनमा भनेका छन् ।


ADVERTISEMENT

# # #


कोलम्बोमा भएको झडपमा एक सय ३८ जना घाइते भएकालाई अस्पतालमा उपचार आवश्यक रहेको कोलम्बो नेशनल अस्पतालका प्रवक्ता पुष्पा सोयसाले एएफपीलाई बताइन् ।

सरकार र सांसद्लाई तत्काल समाधान खोज्न माग गर्दै केही दिनदेखि आन्दोलन जारी छ । यसैबीच राजधानी कोलम्बोमा प्रदर्शनकारीबीच भएको झडपका कारण तनाव उत्पन्न भएपछि आज प्रहरीले कर्फ्यु लगाएको थियो ।