काठमाडौं – मतदानको लागि गाउँघर फर्कनेको सङ्ख्या बढ्न थालेको छ । भारत लगायतका विदेशमा बस्नेहरु पनि भोट दिनको लागि गाउँघर फर्किएका छन् ।


ADVERTISEMENT


काठमाण्डौ उपत्यका र देशका अरु सहरी क्षेत्रमा बस्नेहरु पनि गाउँघर फर्कने क्रम सुरु भएको छ। चुनावको प्रचारप्रसार र उम्मेदवारलाई सघाउन तथा आफ्नो मताधिकार प्रयोग गर्न गाउँ घर जानेको सङ्ख्या बढेको हो ।


ADVERTISEMENT

# # #


महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार गएको २४ घण्टामा काठमाडौं उपत्यकाबाट ५५ हजारभन्दा धेरै यात्रु बाहिरिएका छन् । यो अवधिमा ४२ हजारभन्दा धेरै यात्रु भित्रिएका छन् ।

यस्तै हिजो ५३ हजारभन्दा धेरै यात्रु बाहिरिएका थिए । यो अवधिमा भित्रिनेको सङ्ख्या भने ३९ हजार ५ सय २४ जना रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

चुनावका लागि गाउँ घर जानेको सङ्ख्या बढेसँगै केही दिनयता काठमाडौं उपत्यकासँग जोडिएका नाकाहरुमा गाडीको चाप बढ्न थालेको छ । गाडीको चाप बढेसँगै कार्यालय आउजाउ गर्ने समयमा लामो जाम हुने गरेको छ ।

भोट हाल्न जानका लागि काठमाण्डौबाट धेरैजसोले गाडी रिजर्भ गरेर जाने गरेका छन् । यस्तै, अहिले नयाँ शैक्षिक सत्र सुरु भइनसकेकाले धेरैजसो विद्यालय बिदा भएकाले पनि गाउँ जानेको सङ्ख्या बढेको छ।