काठमाडौं – सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलाको ९८ हजार ७०० रुपैयाँ कायम भएको छ ।


ADVERTISEMENT


आइतबार तोलाको ९८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुनको मूल्य पनि तोलामा १०० रुपैयाँले बढेर ९८ हजार २०० रुपैयाँ कायम भएको छ ।


ADVERTISEMENT

# # #


सोमबार चाँदीको मूल्य तोलाको १२ सय ८५ रुपैयाँमा स्थिर रहेको महासंघले जनाएको छ ।