काठमाडौँ – नेपाल क्रेडिट एण्ड कमर्स बैक लिमिटेड चौतारा शाखाले सामाजिक उत्तरदायित्व अन्तगत वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ ।


ADVERTISEMENT


चौतारा सागाचोकगढी ७, सानो सिरुवारी स्थित सिद्घिगणेश माध्यमिक विद्यालय परिसरमा भएको यस कार्यक्रममा बैकका चौतारा शाखा प्रबन्धक सम्पुर्ण गिरीको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा नेपाल राष्ट्र बैकका पूर्वकार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले बचतको महत्व, बचत गरेको रकम बैकमा खाता खोली जम्मा गर्नु पर्ने, ऋण लिने कारणहरु, साना ठूला जुनसुकै प्रकारको व्यवसाय गर्न बैकबाट सहुलियत ब्याजदरमा कर्जा लिने लगायतका विषयमा प्रस्तुती दिए ।


ADVERTISEMENT

# # #


साथै उनले बीमा, पारिवारिक बजेटको महत्व, बीत्तीय साक्षरतामा नेपाल राष्ट्र बैकको योगदानका साथै धितोपत्र, सम्पती शुध्दिकरण र बिद्युतीय कारोवार सम्बन्धी जानकारीका सम्बन्धमा उनले आफ्नो प्रस्तुतिमार्फत सहभागीलाई साक्षर गराए । यस्तै दोस्रो शत्रमा सोही बैँकका मार्केटिङ अफिसर विवेक राजकर्णिकारले बैकको इतिहास बताउदै वित्तीय साक्षरमा तर्फ अग्रसर बन्नु पर्ने कुरामा जोड दिदै बैकले दिइरहेको सेवा सुबिधा सम्बन्धी जानकारी गराए।

सयजना भन्दा बढीको उपस्थिति रहेको यस साक्षरता कार्यक्रममा महिलाहरु उल्लेख्य सहभागी भएका थिए । सहभाभीहरुले वित्तीय साक्षरता सम्बन्धी बचत, ऋण, बीमा, शेयर लगायत थुप्रै कुरामा जानकारी दिएकोमा खुशी व्यक्त गरेका थिए ।

कार्यक्रमको अन्त्यमा कार्यक्रमका सभापति तथा बैंकका प्रबन्धक गिरीले अहिले चौतारा शाखाले १० हजार औषधि बीमा सुविधा २८ जना सदस्यहरुलाई उपलब्ध गराएको जानकारी गराउंदै बैंक बचतकर्ताहरुको हितमा कार्य गर्ने अग्रणी बैंक रहेको बताए । त्यसैगरी नेपाल राष्ट्र बैंको निर्देशन बमोजिम बैंक ग्राहक हित संरक्षण गर्न प्रतिवद्ध रहेको कुरामा थप प्रष्ट पार्दै उनले सहभागिहरुलाई धन्यवाद व्यक्त गरे ।

सन इन्फोटेक एण्ड सोलुसन्सको समन्वयमा सम्पन्न भएको उक्त कार्यक्रम संसथाका प्रबन्ध निर्देशक टेकनाथ पोखरेलले संचालन गरेका थिए । देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १३९ शाखा १४ एक्स्टेन्सन काउन्टर र ११४ एटिएम वुथहरु सञ्चालन गरी ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ ।