सुनसरी– स्थानीय निर्वाचन–२०७९ का लागि जिल्लाको गढिगाँउपालिका उत्साहित देखिएका छन् । हाल उनीहरु व्यग्रताका साथ मतदानको दिन कुरिरहेका छन् । गढिगाँउपालिकावासी विगतमाभन्दा यसपटक बढि आशावादी देखिएका छन् । जसको कारण हो ‘आश नारायण चौधरी’ । चौधरी पालिकामा अहिले सबैभन्दा बढि चर्चित उम्मेद्वार मध्ये एक हुन् ।


ADVERTISEMENT


नेकपा एमालेको तर्फवाट अध्यक्षका उम्मेदवारी दिएका चौधरीको पक्षमा नेकपा एमालेका कार्यकर्ताको मात्र नभई अन्य दलका व्यक्तिहरुसमेत देखिएका छन् । यहाँसम्मकी उनको उम्मेद्वारीपछि पालिकाका अन्य पाटीका कार्यकर्तामा पार्टी परित्याग गरि एमाले प्रवेशको लहर नै छाएको छ । र, यो क्रम अझै जारी छ ।


ADVERTISEMENT

# # #


को हुन् चौधरी ?

गढिमै जन्मिएका चौधरी गरिबी निवारणको क्षेत्रमा दशक अघि देखि क्रियाशिल व्यक्तित्व हुन् । एमालेको जिल्ला सदस्य र गढि गाँउपालिकाको इन्चार्ज समेत रहेका उनले तीनलाख सदस्य रहेको फरवार्ड माइक्रोफाइनान्सको सिइओको रुपमा कार्यरत छन् । उनलाई कुशल नेतृत्व क्षमताका उम्मेद्वारको रुपमा लिइएको छ । चालिस जिल्लामा १सय ६० शाखा रहेको सस्थाका एक हजार कर्मचारीवाट तीनलाख सदस्यलाई परिचालन गरेर लाखौं जनताको अनुहारमा मुस्कान ल्याएको उनको नेर्तत प्रशनविहिन हुनेमा कुनै मत छैन ।

योजना निर्माणको क्षेत्रमा समेत उत्तिकै दख्खल राख्ने चौधरीले गढि गाँउपालिकाको सम्वृद्धि र विकासका लागि दिर्घकालिन र अल्पकालिन योजना तयार गरेर एउटा नमूना गाँउपालिका बनाउने लक्ष्य राखेका छन् ।

आर्थिक शशक्तिकरण अभियानका अगुवा,ग्रामिण अर्थतन्त्रको क्षेत्रका विज्ञ ब्यक्तित्व आश नारायण चौधरीले अब्यवस्थित वसोवासलाई ब्यवस्थित गर्ने,पहिलेदेखिनै वसोवास गरिरहेका भूमिहिनलाई आवासको ब्यवस्था मिलाउने प्रतिवद्धता जनाएका छन् । यस्तै, शिक्षा, स्वास्थ्य, पूर्वाधार, खेलकुदसंगै यसवा क्षमतालाई समेत प्रष्फुटन गर्दे स्वरोजगार उत्पादन गर्ने उनले आफ्नो घोषणा पत्रमा समावेश गरेका छन् ।

थुप्रै अन्तर्राष्ट्रिय सेमिनारहरुमा समेत सहभागिता जनाएका उनले एमएड र एमएस्सी गरि दुईविषयमा स्नातकोत्तर समेत गरेका छन् । यसर्थमा उनी एक शिक्षित उम्मेद्वार पनि हुन् । जसले गर्दा पनि वौद्धिक ब्यक्तित्ववाट गाँउपालिकाको नेतृत्व हुदाँ गाँउपालिकाले मुहार फेर्नेमा स्थानीय आशावादी देखिएका छन् । ।