काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देश बनाउनका लागि काँग्रेस, एमाले र माओवादी केन्द्रका नेताहरुसमक्ष सुध्रिनुपर्ने वा राजनीति छाड्नुपर्ने विकल्प रहेको बताएका छन् ।


ADVERTISEMENT


आइतबार ललितपुरको मंगलबजारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले देश सुधार्ने अभियानमा सहभागी हुन काँग्रेस, एमाले र माओवादीका नेता कार्यकर्तालाई अपिल गरेका हुन् । साथै उनले राजेन्द्र लिङ्देन वा राप्रपा सुध्रिएर मात्रै नपुग्ने भएकाले काँग्रेस एमाले र माओवादीलाई पनि सुधार्न जरुरी रहेको बताए ।


ADVERTISEMENT

# # #


अध्यक्ष लिङ्देनले पूराना दलहरुलाई सुधार्नका लागि यस पटकको निर्वाचनमा हलोमा मतदान गर्न आग्रह गरे ।

उनले भने, ‘दुनियाँको प्राचिन देश आज किन यस्तो भो, किन मागी खानेहरुको देश भो ? यो देशलाई बनाउन पाए हुन्थ्यो भनेर पीडा त ती साथीहरुको मनमा पनि छ होला भन्ने म सम्झिन्छु । काँग्रस, एमालेका साथीहरु तपाईंहरुको नेता, तपाईंहरुको पार्टी सुध्रियोस् भन्ने चाहनुहुन्छ भने यस पटक भोट हलोमा हाल्नुहोस् ।’

उनले थपे, ‘तपाईंले आफ्नो नेतालाई लठ्ठी लाएर सुधार्ने कुुरा भएन, काम समातेर सुधार्ने कुरा भएन । भनेर त सुध्रिनेवाला छैनन् भन्ने कुरा तपाईहरुलाई थाहा छँदैछ । सुधार्ने एउटै उपाय छ, त्यो भनेको आउने चुनावमा उनीहरुको बाकस खाली गरिदिने ।’

उनले भ्रष्टाचारलाई घुँडा टेकाउन नसकेसम्म सबै किसिमका सुधारका प्रयास असफल हुने बताए ।