काठमाडौं – बम राखिएको फोन आएपछि आतंक मच्चिएको त्रिभुवन विमानस्थलको अवस्था अहिले सामान्य बनेको छ ।


ADVERTISEMENT


नेपाली सेनाको बम डिस्पोजल टोली, कुकुरसहित अनुसन्धान गर्दा पनि कतै बम फेला नपरेपछि विमानस्थल पुनः सामान्य अवस्थामा फर्किएको विमानस्थलका महाप्रवन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए ।


ADVERTISEMENT

# # #


उनका अनुसार पाकिस्तानबाट १०ः४५, ४६ र ५१ मिनेटमा फोन आएको थियो । हिन्दी भाषामा बोलेका ती व्यक्तिले आन्तरिक टर्मिनलमा बम राखेको भन्दै फोन गरेका थिए ।

त्यसपछि लगत्तै आन्तरिक उडानका सबै यात्रुहरूलाई बाहिर निकालिएको थियो । अहिले सामान्य भए पनि थप अनुसन्धान भने जारी रहेको महाप्रवन्धक ठाकुरले जानकारी दिए ।