काठमाडौं – नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले कोष प्रबर्धक तथा एनआईबिएल एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको एनआईबिएल म्युचुअल फण्ड अन्र्तगत सञ्चालित “एनआईबिएल सहभागिता फण्ड” नामक खुलामुखी योजनाका इकाईहरुको खरिद÷बिक्रिलाई अझै सरल, सहज र व्यवस्थित बनाउने उद्देश्यले सम्पन्न क्यापिटल एण्ड एडभाईजरी नेपाल लिमिटेड लाई योजनाको वितरक (एजेन्ट) को रुपमा नियुक्त गरेकोे छ ।


ADVERTISEMENT


यस अघि “एनआईबिएल सहभागिता फण्ड” योजनाका इकाईहरुको कारोबार योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटल लिमिटेडका सम्पूर्ण शाखाहरु, नेपाल इन्भेष्टमेण्ट बैंक, मुक्तिनाथ विकास बैंक र गुडविल फाइनान्सका तोकिएका शाखाहरु मार्फत हुँदै आइरहेको छ ।


ADVERTISEMENT

# # #


विगत २ वर्ष भन्दाबढी समयदेखि एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत संचालित यस योजनाले नेपालकै पूँजीबजारमा पहिलो खुलामुखी योजनाको परिचय बनाउन सफल भएको बताइएको छ ।

यस योजनाले संचालनको पहिलो आर्थिक वर्षमा नै आफ्ना इकाईधनीहरुलाई ८.२५ प्रतिशत र दोस्रो आर्थिक वर्षमा ५० प्रतिशत नगद लाभांश प्रदान गरिसकेको बताइएको हो ।