काठमाडौं – कामना सेवा विकास बैंकले थप नयाँ स्थानहरूमा मोबाइल एप मार्फत शाखारहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ । बैंकले सेवा विस्तार गर्ने क्रममा सोमबारबाट सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नंम्बर ७ अमरलति चोकमा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।


ADVERTISEMENT


डाक्नेश्वरी नगरपालिका वडा नंम्बर ७ अमरलति चोक स्थित ओम शान्ती ट्रेडर्स सेन्टर (प्रो मुकेश कुमार साह) लाई शाखारहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ ।


ADVERTISEMENT

# # #


नेपाली कांग्रेस, मधेश प्रदेशका पूर्व क्षेत्रीय सभापति भगवती यादव तथा डाक्नेश्वरी नगरपालिका वडा नंम्बर ७ का प्रहरी निरीक्षक राजु श्रेष्ठले संयुक्त रुपमा उक्त शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गरी सेवा शुभारम्भ गरिएको थियो । कार्यक्रममा बैंकका अन्य कर्मचारीहरु लगायत व्यावसायिक प्रतिनिधि तथा स्थानीय महानुभावको उपस्थिती रहेको थियो ।

शाखारहित बैंकिङ मार्फत खाता खोल्न, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिने बैंकले जनाएको छ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ्ग पहुँच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको जनाएको छ ।