काठमाडौँ– अभिनेता भुवन केसी र अभिनेत्री श्वेता खड्का नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रमबीच कलाकारद्वय केसी र खड्का काँग्रेसमा प्रवेश गरेका हुन् ।


ADVERTISEMENT


यस्तै, उनीहरुसंगै रवीन्द्र खड्का पनि काँग्रेस प्रवेश गरेका छन् । तीनै जनालाई प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा स्वागत गरेका छन् ।


ADVERTISEMENT

# # #


उनीहरुलार्ई कांग्रेस प्रवेशका लागि कलाकार नीर शाहले सहयोग गरेको बुझिएको छ ।