काठमाडौँ– नेपाल–भारत साहित्य महोत्सव सम्पन्न भएको छ । वैशाख १६ देखि १८ गतेसम्म चलेको महोत्सवमा सातबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो ।


ADVERTISEMENT


जारी गरिएको सातबुँदे घोषणापत्रमा नवोदित तथा लुकेका प्रतिभाहरुलाई प्रोत्साहन दिने, अन्तरदेशीय अनुवाद आदानप्रदान गर्ने, साहित्य महोत्सवलाई निरन्तरता दिने लगायतका विषयहरु समेटिएका छन् ।


ADVERTISEMENT

# # #


नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले उद्घाटन गरेको सो महोत्सवको पहिलो दिन नेपाली साहित्यमा विशिष्ट योगदान पुर्‍याउने साहित्यकारहरुलाई सम्मान गरिएको थियो ।

राधेश्याम लेकालीले अध्यक्षता गरेको सो कार्यक्रमलाई भारतीय टोलीको नेतृत्व डा. विजय पण्डितले गरेका थिए । महोत्सवमा नेपाल तथा भारतका विभिन्न प्रान्तमा आएका तीन दर्जन साहित्यकारले सहभागिता जनाएका थिए ।