काठमाडौं – बैंक अफ काठमाण्डूले पोखराको पावरहाउस चोकस्थित पावरहाउस शाखाको उद्घाटन गरेको छ । शुक्रबार लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय तथा बैंकका संचालक मोहना लोहनीले संयुक्त रुपमा औपचारिक समुद्घाटन गरेका हुन् ।


ADVERTISEMENT


कार्यक्रममा बैंकका संचालक मोहना लोहनीले ग्राहकहरूको उच्चतम लाभलाई मध्यनजर गर्दै समय सुहाउँदो आवश्यक प्रविधिगत सेवाहरु उपलब्ध गराई उत्कृष्ट बैंकिङ्ग सेवा उपलब्ध गराउँदै जानेमा बैंक प्रतिबद्ध रहेको जानकारी दिए । साथै, गण्डकी प्रदेशमा थप शाखा कार्यालयहरु पनि चाँडै संचालनमा ल्याउने योजना बैंकको रहेको जानकारी दिए ।


ADVERTISEMENT

# # #


यसैगरी आत्रेयले स्थानीय सर्वसाधारणहरूको आवश्यकतालाई ध्यानमा राखि बैंकले सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे ।