काठमाडौँ – नबिल बैंकले एकैदिन देशभर १४ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैँकले बिहीबार काठमाडाँैको धुम्बाराही मालीगाउँ, दहचोक र थलि डाँछी, बाराको जीतपुर, भक्तपुरको दुवाकोट, ललितपुरको गुसिंगाल र इमाडोल, मकवानपुरको चिसापानीमा शाखा विस्तार गरेको हो ।


ADVERTISEMENT


यस्तै बैँकले मोरङको पुष्पलाल चोक, रुपन्देहीको मुर्गिया र खैरेनी, सुनसरीको झुम्का, धनुषाको महेन्द्रनगर र ढल्केबर गरी १४ नयाँ शाखाको एकसाथ उद्घाटन गरेको हो ।


ADVERTISEMENT

# # #


बैंकले कार्यक्रमका अतिथिहरु, बैंक सञ्चालक समितिका अध्यक्ष, संचालक समितिका सदस्यहरु एवं बैंकका उच्च पदस्थ अधिकारीहरु तथा स्थानीय बासिन्दाको उपस्थितिमा एकै समयमा १४ नयाँ शाखाको उद्घाटन गर्ने कार्यक्रम तय गरेको थियो ।

विगत ३७ वर्षदेखि ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको नबिल बैंकको नयाँ शाखाहरूले ग्राहकहरुलाई पूर्ण रुपमा अत्याधुनिक बैंकिङ सेवाहरू प्रदान गर्ने बैँकले जनाएको छ । बिहीबार उद्घाटन भएका १४ नयाँ शाखासँगै नबिलको शाखा कार्यालय १४८ पुगेको छ ।

बैंकले १८८ एटीएम र १५ सय भन्दा बढी नबिल रेमिट एजेन्टहरूबाट देशभर सेवा प्रदान गर्दै आईरहेको छ ।